ताप्लेजुङ-ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ स्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गतको कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर (वन भेडा)। उच्च हिमाली क्षेत्रमा पाइने नाउर दुर्लभ हिउँचितुवाको प्रमुख आहार हो। यस क्षेत्रमा हिउँचितुवा र नाउर दुबैको उपस्थिति छ ।