काठमाण्डौ – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी व्यवसायिक फुटबल खेल्न फ्रान्स गएकी छिन् । हिजो राति भएको महिला साफ च्याम्पियनसीपको फाइनलमा बङ्गलादेशसँग नेपाल २–१ गोलले पराजित भएको थियो ।
खेल सकिएको १२ घण्टा पनि नबित्दै आज बिहानै सावित्रा टर्कीस एअरलाइन्सको जहाजबाट इस्तानबुल हुँदै फ्रान्सतर्फ प्रस्थान गरेकी हुन् ।
उनलाई विदाई गर्न एन्फा र राखेपका कुनै पनि पदाधिकारी र प्रतिनिधि विमानस्थल पुगेका थिएनन् । सावित्राले फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी छिन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 26