Aamsanchar

कहाँ कहाँ मनाइन्छ भाइ टीका ?

Author Image
आइतवार, कार्तिक १८, २०८१

आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदै छ । आपसमा माया अनि सद्भाव साटासाट हुँदै छ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ(आफ्नै तरिकाले मनाउने चलन छ । भ्रातृत्व अनि आत्मीयताको आजको दिन साँच्चै नै अत्यन्त महत्त्वपूर्ण र रमाइलो हुन्छ । यस महान् पर्व तिहारको आज पाँचौँ दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदै छ । दसैँलाई बिस्तारै बिदा गरेर तिहारको रमाइलोमा लुटपुटिँदै गर्दा तिहारको झटपट विदार्इले साह्रै नरमाइलो पनि हुन्छ । पूर्वीय बिदाहरू सकिएर अब विद्यालयहरू सुचारु हुन्छ, कार्यालयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिन थाल्दछ । हिउँदका छोटा दिनहरू हुर्किँदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)