Aamsanchar

पाकिस्तानको लाहोर शहरमा लकडाउन

Author Image
सोमवार, कार्तिक १९, २०८१

काठमाडौं – पाकिस्तानको लाहोर शहर विश्वकै सबैभन्दा प्रदूषित हावा भएको सहर बनेको छ। आइतबार लाहोर शहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक विद्यायललाई एक साताका लागि बन्द गर्न निर्देशन दिएको छ।

त्यस्तै लाहोरको वायू प्रदुषण अत्याधिक खराब भएपछि आजबाट त्यहाँका कार्यालयका करिब ५० प्रतिशत कर्मचारीलाई घर बाटै काम गर्न सरकारले निर्देशन जारी गरेको छ।

पाकिस्तानले ‘ग्रिन लकडाउन’ योजनालाई लागु गरेको र त्यस अन्तर्गत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको बीबीसीले जनाएको छ।
पाकिस्तानको हावामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म कणको स्तर खतरनाक तहमा पुगेपछि सरकारले यस्तो कदम चालेको हो।

अहिले शहरमा देखिएको हावा बच्चा विशेष गरी १० वर्ष सम्मका बालबालिकाका लागि अत्यन्तै जोखिम पूर्ण रहेको प्राथमिक विद्यालय बन्द गरिएको छ भने सञ्चालनमा रहेका विद्यालयमा अनिवार्य मास्क लगाउन निर्देशन जारी गरिएको छ। त्यस्तै सरकारी निकायले आवश्यक कामबाहेक बाहिर ननिस्कन आफ्ना जनतालाई सचेत गराएको छ।

ठूलो संख्यामा प्रदूषित उद्योग र पराल जलाउनु नै हावाको गुणस्तर खराब हुनुको मुख्य कारण रहेको वरिष्ठ वातावरण अधिकारी राजा जहाँगिर अनवरलाई उदृत गर्दै बीबीसीले लेखेको छ।

वातावरण अधिकारी जहाँगिर लाहोर भारतीय सीमा नजिक रहेको कारण त्यहाँ जलाइएको परालको घुँवा लाहोर तर्फ आइरहेको समेत आरोप लगाएका छन्।

लाहोर दोस्रो पटक यस सूचीमा पहिलो स्थानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एक्यूआई अनुसार तीन सयको अंकलाई खतरनाक मानिएपनि लाहोरको एक्यूआइ एक हजार भन्दा माथि जानु अत्यन्तै गभ्भीर बताइएको छ। एक्यूआईको तथ्यांक अनुसार आज पनि लाहोरको हावाको गुस्तर अतयन्तै खराब दखिएको छ भने दोस्रो स्थानमा भारतको नयाँ दिल्ली छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर