Aamsanchar

फुलहमले ब्रेटफोर्डलाई हरायो

Author Image
मङ्गलवार, कार्तिक २०, २०८१

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा फुलहमले ब्रेटफोर्डलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा फुलहमले ब्रेटफोर्डलाई २–१ गोलले हराएको हो ।

फुलहमको जीतमा ह्यारी विलसनले दुई गोल गरे । खेलमा ब्रेटफोर्डले सुरुवाती अग्रता बनाए पनि अन्तिम समयमा जोगाउन सकेन ।

ब्रेटफोर्डका लागि २४औँ मिनेटमा भिटाली जनेल्टले गोल गरेर अग्रता बनाएका थिए । फुलहमका विलसनले दोस्रो हाफको थप समयमा दुई गोल गरे ।

जीतसँगै १० खेलबाट १५ अङ्कका साथ फुलहम तालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेलम १३ अङ्क रहेको ब्रेन्टफोर्ड १२ औँ स्थानमा छ । तालिकामा १० खेलमा २५ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर