झापा – हुलाकी राजमार्गअन्तर्गत कन्काई खोलामा वर्षौँअघि सुरु भएको पुल नबनेपछि समस्या परेका स्थानीयलाई आवतजावतमा सहजताका लागि बाँसको पुल बनाइएको छ ।
निर्माणाधीन पक्की पुलनजिक बाँसको पुल बनेको हो । गौरीगञ्ज गाउँपालिका वडा १ र झापा गाउँपालिका वडा २ मा पर्ने यहाँ बाँसे भाटाको पुल निर्माण भएको हो ।
गौरीगञ्ज गाउँपालिका वडा १ का अध्यक्ष कार्तिकलाल राजवंशीका अनुसार पुल निर्माण सम्पन्न नहुँदा स्थानीयलाई आवत–जावत गर्न धेरै नै मुस्किल बनेको थियो ।
बाँसको पुलबाट ठुला सवारी साधनहरू आवतजावत गर्न नसके पनि अटोरिक्सा, सिटी सफारी, मोटरसाइकल, साइकल र पैदलयात्री सहज रूपमा वारपार गर्न सक्ने राजवंशीको भनाइ छ । झापा, बाह्यदशी र हल्दीबारी गाउँपालिका, भद्रपुर नगरपालिकाका नागरिकलाई एकआपसमा जोड्न र नजिकको भारतीय नाँका गलगलिया पुग्न सहज हुने बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 46