Aamsanchar

सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने दुई जना अटो चालक पक्राउ

Author Image
शनिवार, कार्तिक २४, २०८१

काठमाडौँ – नेपालका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने दुई जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका यात्रुबाट नेपालका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने कैलाली प्रहरीले दुई जना अटो चालकलाई पक्राउ गरेको हो ।

कैलाली गोदावरी नगरपालिका–२ अत्तरियाका २७ वर्षीय लोकेन्द्र ओझाबाट भारतीय दुई हजार रुपैयाँ लिने अटो चालक धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने २८ वर्षीय मान बहादुर बयाडी र वडा २ चौराह बस्ने ३१ वर्षीय करन बोहरालाई पक्राउ  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि कारबाही अगाडि बढाइएको र पीडितको रकम समेत फिर्ता गराइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर