

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ ।

एनपीएलको लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्राएको हो । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका ३१ वर्षीय राइफर अलराउन्डर हुन् ।

उनले ९३ वटा टी–२० मा ११ सय २४ रन बनाउँदै ६६ विकेट लिएका छन् । राइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् ।

एनपीएपल आउँदो मङ्सिर १५ देखि पुस ६ सम्म काठमाण्डौमा आयोजना हुँदैछ ।
Views: 60

