झापा – झापामा करिब एक साताअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको मृत्यु भएको छ। हल्दिबारीका गाउँपालिका–२ का अन्दाजी २१ वर्षीय सुमन मर्डीको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गत कात्तिक १८ गते भाइटीकाको साँझ ७:१५ बजे भद्रपुर नगरपालिका– १० त्रिवेणी टोलमा धनुषमोडबाट केन्द्रमोडतर्फ आउँदै गरेको मे ६ प ३०७७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक मर्डी घाइते भएका थिए।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। घाइतेको अवस्था गम्भीर हुँदै गएपछि सोही दिन राति ९स्३० बजे बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। त्यहाँबाट कात्तिक २३ गते थप उपचारको लागि भारत पुर्याएको थियो। उनको त्यहाँ पनि उपचार सम्भव नभएपछि आफन्तजनले घरमा ल्याई राखेका थिए।
कात्तिक २५ गते न्यूरो अस्पताल विराटनगर लगेर सामान्य उपचार पश्चात् पुनः घरैमा ल्याएको र गएराति साढे १२ बजे उनको घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ।