Aamsanchar

राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त

Author Image
सोमवार, कार्तिक २६, २०८१

काठमाडौं – राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बारडरको रुपमा सार्वजनिक हो । नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताए ।

सम्झौताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । सम्झौताको रकम भने खुलाइएको छैन ।

ब्राण्ड एम्बास्डर बनेपछि राजेश हमालले भने- एकदम खुशी छु

हमालले लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी लागेको बताए । ‘क्रिकेटसँग नजिकको सम्बन्ध छ । मैले क्रिकेटमा असाध्यै इन्ट्रेस्ट दिन थालेको नेपालमै खेल हुन थालेपछि हो,’ उनले भने, ‘आज आएर लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी छु । टिम व्यवस्थपनलाई धन्यवाद ।’ उनले रोहित पौडेल नेतृत्वको लुम्बिनी टिमले राम्रो गर्छ भन्ने विश्वास लागेको बताए ।

मार्की प्लेअर रोहित पौडेलले महानायक राजेश हमाल जोडिँदा खुशी लागेको बताए । ‘राजेश हमाल लुम्बिनी लायन्सको मात्र नभएर समग्र देशकै एम्बासडर हुनुहुन्छ । टिमले एकदमै राम्रो सपोर्ट गरेको छ,’ उनले भने, ‘अब पालो हाम्रो हो ।’ कन्सलट्याण्ट प्रशिक्षक शक्ति गौचनले पनि सिनेमा जगतका महानायक राजेश हमाल लुम्बिनी टिममा जोडिँदा खुसी व्यक्त गरे ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एनपीएलको उपाधि जित्ने लक्ष्यसहित नै आधारदेखि नै टिम निर्माण गरिरहेको र लक्ष्य उपाधि जित्ने रहेको बताए । साथै उनले एनपीएलमार्फत नेपाली क्रिकेट विकासमा लुम्बिनी लायन्सले पनि केही सहयोग गर्न सक्छ भनेर लागेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर