बिर्तामोड । कर्मचारी सञ्चय कोषले झापाको बिर्तामोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
आज (सोमबार) एक कार्यक्रमका बिच कोषका प्रमुख प्रशासक जितेन्द्र धितालले सेवा केन्द्रको उद्घाटन गरे ।
बिर्तामोडमा सेवा केन्द्र बिस्तारसँगै साबिकको मेची अञ्चलका झापा, इलाम, तेह्रथुम, ताप्लेजुङ जिल्लाका सञ्चयकर्ता कोषको सेवा लिन विराटनगर धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । काठमाडौँ उपत्यका बाहिर ८ ओटा शाखा र कोशी प्रदेशमा विराटनगर शाखा, धनकुटा र बिर्तामोड गरि २ वटा सेवा केन्द्र भएको प्रमुख अतिथि धितालले जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथि कोषका सहप्रशासक भरतराज वस्ती, विभागीय प्रमुख शान्ता गौतम, विराटनगर शाखा प्रमुख रामशरण अर्याल, नेपाल पत्रकार महासङ्घ झापा अध्यक्ष एकराज गिरी, सेवाग्राही देवेन्द्र हुमागाइ, जुनकीरी सार्वजनिक आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियार, लगायतले अब सुदूर पूर्वका सेवाग्राहीले सम्पूर्ण सेवा बिर्तामोड मै पाउने भएकोमा समय र छिटो सेवाका प्रवाह हुनेमा आशावादी रहेको मन्तव्य सहित शुभकामना व्यक्त गरेका थिए ।