Aamsanchar

सुनको मूल्य दुई हजार २०० रुपैयाँले घट्यो

Author Image
बिहिवार, कार्तिक २९, २०८१


काठमाडौं- नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा दुई हजार २०० रुपैयाँले घटेर कारोबार भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१