Aamsanchar

सुनको मूल्य सामान्य वृद्धि

Author Image
शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको हो।

 

बुधबार २ हजार २०० सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी पनि घटेको छ। यसदिन ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार प्रतितोला चाँदी १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीकाे मुल्य
बुधवार, कार्तिक २८, २०८१
सुनको मूल्य घट्यो
मङ्गलवार, कार्तिक २७, २०८१