गएको कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेका थिए । राईलाई उपचार गर्न ढिलो भएका कारण मृत्युु भएको बताइएको छ । अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेपछि राईलाई केही दिनअघि झापाको मनमोहन सामुदायिक अस्पताल लगिएको थियो ।
त्यहाँ पनि उपचार हुुन नसकेपछि विराटनगरस्थित विराट नर्सिङहोम पुर्याएकोमा गए राति राईको मृत्यु भएको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।अरिँगालको टोकाइका कारण राईको किड्नी, मुुटुुमा समस्या भएको र मस्तिष्कघात समेत भएको अस्पतालले जनाएको आचार्यले बताउनुभयो ।