Aamsanchar

युक्रेनमाथि शक्तिशाली मिसाइल परीक्षण गरिरहने पुटिनकाे चेतावनी

Author Image
शनिवार, मंसिर ८, २०८१

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि शक्तिशाली मिसाइल परीक्षण गरिरहने बताएका छन्।

एक टेलिभिजन सम्बोधनमा पुटिनले आफूहरुसँग मिसाइल भण्डार रहेको भन्दै परीक्षण गरिरहने बताएका हुन्।
त्यसअघि अघिल्लो दिनको सम्बोधनमा पुटिनले युक्रेनमा मिसाइल परीक्षण गरेको दाबी गरेका थिए। पुटिनले युक्रेनमा प्रहार गरिएको ओरेस्निक मिसाइल ध्वनीभन्दा १० गुणा बढी गतिमा लक्ष्यमा जाने भन्दै उक्त मिसाइल कसैले रोक्न नसक्ने बताए।

रुसको नयाँ मिसाइल प्रक्षेपणसँगै युक्रेनमा युद्धको स्थिति थप जटिल बनेको छ। पुटिनको सम्बोधनअघि रुसले युक्रेनको निप्रोमा ठूलो आक्रमण गरेको थियो, जहाँ कयौँ आवसीय भवनमा क्षति पुगेको छ। युक्रेनी अधिकारीहरुले उक्त आक्रमण अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलबाट भएको बताएका थिए।

पुटिनको पछिल्लो घोषणापछि विश्वभरका नेताहरुले रुस र युक्रेन बीचको युद्धको दिशाबारे चिन्ता व्यक्त गरेका छन्। यसैबीच, युक्रेनी सेनाले पनि अमेरिकी र बेलायती मिसाइलहरु रुसका विभिन्न भागमा प्रहार गरेको छ।

यो महिनाको शुरुमा, युक्रेनले पहिलोपटक अमेरिकाबाट प्राप्त आर्मी ट्याक्टिकल मिसाइल र बेलायतको स्टोर्म स्याडो मिसाइल प्रक्षेपण गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर