Aamsanchar

डेभिस कपको उपाधि इटालीलाई

Author Image
सोमवार, मंसिर १०, २०८१

काठमाडौं – विश्व नम्बर एक यानिक सिनर नेतृत्वको इटालीले डेभिस कपको उपाधि रक्षा गरेको छ। इटालीले मालागामा भएको फाइनलमा नेदरल्यान्डसलाई दुई–शून्य सेटमा पराजित गरेको हो।

सन् २०२४ मा उच्च प्रदर्शन गरेका सिनरले वर्षको सुखद् अन्त्य गरेका छन्। माटेयो बेरेटेनीले इटालीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। उनले नेदरल्यान्डसका बोटिक भान ड सन्ड्सस्लपलाई सोझो सेटमा हराउँदै एक–शून्यको अग्रता दिलाए। बेरेटेनीले पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेका थिए।

दोस्रो सेट बेरेटेनीले ६–४ ले जितेपछि नेदरल्यान्डस दबाबमा आएको थियो। त्यसपछि आएका सिनरले ट्यालोन ख्रिस्परलाई हराएपछि इटाली च्याम्पियन बनेको हो।

पहिलो सेट प्रतिस्पर्धात्मक बन्दै टाइब्रेकरमा पुग्यो। तर उच्च फर्ममा रहेका सिनरले ७–६ ले जिते। दोस्रो सेटमा नियन्त्रण जमाएका सिनर सहजै ६–२ ले विजयी भए।

प्रतियोगिताको एक सय चार वर्षको इतिहासमा पहिलो फाइनलमै उपाधि जित्ने लक्ष्यमा रहेको नेदरल्यान्ड इटालीसामु कमजोर बन्यो।

इटालीको यो तेस्रो डेभिस कप उपाधि हो । उसले गत संस्करण र १९७६ मा उपाधि जितेको थियो। २०२३ मा चोटका कारण कोर्टबाहिर रहेका बेरेटेनीले पनि उत्कृष्ट पुनरागमन गरेका छन्।

एकंलमा लागेको चोटका कारण ६ महिना आराम गरेका बेरेटेनी वरीयताको शीर्ष १ सय ५० भन्दा बाहिर पुगेका थिए। तर, मार्चमा फर्किएका उनले त्यसयता तीन उपाधि जितिसकेका छन्।

हाल वरीयताको ३५औं स्थानमा रहेका बेरेटेनीले इटालीको उपाधि रक्षाको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरे। इटालीको महिला टिमले अघिल्लो साता बिली जिन किंग कप उपाधि जितेको थियो।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर