Aamsanchar

अझै २ साता पछिमात्र राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुने

Author Image
सोमवार, मंसिर १०, २०८१

काठमाडौं – राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ ।

राहदानी विभागले सूचना जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन एक-दुई साता लाग्ने अनुमान गरिएको बताएको हो ।

राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही ककप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नुपरेको स्पष्टीकरण दिएको छ । राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ ।

विभागका अनुसा एक-दुई दिनभित्रमा नयाँ आवेदन फाराम भर्नका लागि बुकिङ्ग खुला गरिनेछ । भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागको भनाइ छ ।

राहदानी सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । आइतबार मात्रै सेवा बन्द भएपछि विभागमा सेवाग्राहीले नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)