Aamsanchar

६ सय ६३ जनाले चढे धरहरा

Author Image
सोमवार, मंसिर १०, २०८१

काठमाडौँ – सरकारले स–शुल्क टिकटको व्यवस्था गरेको पहिलो दिन ६६३ जना धरहरा चढेका छन् । पहिलो दिन टिकट काउन्टरबाट ६६३ जनाले धरहराको टिकट लिएको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए ।

सरकारले आइतबारदेखि शुल्क सञ्चालनमा ल्याएको धरहरा दैनिक एक हजार सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ ।

हाललाई अनलाइन टिकट काट्ने व्यवस्था बन्द रहेको र केहि दिनमा सञ्चालनमा ल्याउने राईले बताए ।

 

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर