Aamsanchar

अमेरिका र फ्रान्सले दुई नेपालीलाई गर्यो निष्कासन

Author Image
सोमवार, मंसिर १०, २०८१

काठमाडौं – गैरकानुनीरुपमा अमेरिका र फ्रान्स बसेका दुई नेपाली निष्काशित भएका छन्। अमेरिका बस्ने भीम नारायण पुन र फ्रान्स बस्ने विजय थापालाई त्यहाँको अध्यागमनले निष्काशित गरेको हो। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेपछि उनीहरू पक्राउ परेका थिए।

दुवैजनालाई एयर इण्डियाको जहाजबाट काठमाडौं पठाएको हो। उनीहरूले अध्यागमनको कस्तो कानुन उल्लंघन गरेको बारे उल्लेख गरिएको छैन। यद्दपि स्रोतले उनीहरू भिसाको म्याद सकिए पछि पनि लुकिछिपी त्यहाँ बस्दै आएको दावी गरेको छ। स्रोतका अनुसार पुन शुक्रबार र थापा शनिबार काठमाडौं आइपुगेका हुन्।

पछिल्लो समयमा अमेरिका,बेलायत,जापान,दक्षिण कोरिया,दुबईलगायत मुलुकबाट त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा नेपालीहरू निष्काशित हुँदै आएका छन्।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर