Aamsanchar

पाकिस्तानमा सेना परिचालन

Author Image
मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं – पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ ।

भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् ।
उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो । सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी प्रहरीहरु घाइते भएका छन् ।

स्थिति बिग्रिंदै जान थालेपछि सरकारले सेना परिचालन गरेको हो । इस्लामाबाद प्रशासनले पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार कानुनी व्यवस्था बहाल गर्न सेनाको सहारा लिएको बीबीसीले जनाएको छ । यसको पुष्टि इस्लामावादका डेपुटी कमिश्नल इरफान मेमनले गरेका छन् ।

पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार सुरक्षा व्यवस्थामा खलल पुर्‍याउनेमाथि गोली हान्न पाउनेसम्मको अधिकार हुन्छ ।

इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–ए–इन्साफ ९पीटीआई०का कार्यकर्ताहरुले मार्चपास गर्दै इस्लामावादको संसदसम्म पुग्ने घोषणा गरेका छन् । उनीहरुलाई रोक्ने उद्देश्यले नाकामा कडाइ गरेको छ ।

यसै वर्ष जनवरीमा इस्लामावादको एक अदालतले ७२ वर्षीय इमरान खानलाई भ्रष्टाचार आरोपमा १४ वर्षको जेल सजायँ र २० लाख पाकिस्तानी रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनले जेलभित्रैबाट कार्यकर्ताहरुलाई देशव्यापी प्रदर्शन गर्न आह्वान गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर