Aamsanchar

हराएका १८ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

Author Image
बिहिवार, मंसिर १३, २०८१

काठमाडौं-  विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काभ्रेपलाञ्चोक,कोटेश्वर,गौशाला,नयाँबसपार्क,सोह्रखुट्टे,मालिगाउँ,मंगलबजार,गोकर्ण,नगरकोट,थली र बुद्धनगरलगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २७ वटासहित २१० वटा सवारी साधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २२ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३२ जना व्यक्तिलाई पनि आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाइएका २७ वटा सवारी साधनहरू हराएको भनी विभिन्न मितिमा निवेदन परेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर