Aamsanchar

अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउँने

Author Image
शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं-  अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ । विश्वका अन्य मुलुकले समेत अँगाल्नसक्ने ठानिएको विधेयक बिहीबार पारित भएर कानुन बनेको हो । एक हप्ताअघि मात्र पेस गरिएको विधेयकलाई विपक्षी दलले समेत समर्थन गरेसँगै कानुन बनेको हो ।यो कानुन अनुसारको प्रतिबन्ध सन् २०२५ को नोभेम्बरदेखि लागु हुने अपेक्षा गरिएको छ ।

यसबीच, सामाजिक सञ्जाल प्लेटफर्ममा नाबालिगको पहुँच रोक्न अस्ट्रेलियाले उमेर प्रमाणीकरण सुनिश्चित गर्ने प्रणाली बनाउने भएको छ । यसका लागि सामाजिक सञ्जालमा अकाउन्ट खोल्न बायोमेट्रिक वा राष्ट्रिय परिचयपत्रबाट वास्तविक विवरण प्रयोग हुने बताइएको छ ।यो नियम उल्लंघन गर्ने कम्पनीले २ करोड २० लाख डलरसम्मको जरिबाना तिनुपर्ने गरी कानुन बनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर