Aamsanchar

युवतीलाई प्रेममा पारेर अश्लील अङ्ग देखाउन लगाई रेकर्ड गरेर आफन्तलाई पठाउने पक्राउ

Author Image
शुक्रवार, मंसिर १४, २०८१


काठमाडौँ –  सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. १ बस्ने ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् । केसीले सामाजिक सञ्जालमा साथी बनेर कुराकानी गर्ने क्रममा पीडित युवतीलाई प्रेम प्रस्ताव राखेर भिडियो कल गर्ने क्रममा पीडित युवतीलाई अश्लील अङ्ग देखाउन लगाई रेकर्ड गरेका थिए । पछि उक्त भिडियो पीडित र पीडितको आफन्तलाई समेत पठाएका थिए ।

आफ्नो अपमान र बेइज्जत गरी चरित्र हत्या गरेकोले आवश्यक कारबाही गरी पाउ भनी पीडित युवतीले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपक राज अवस्थीका अनुसार निवेदन प्राप्त भए अनुसार आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट उक्त कार्य गर्ने केसी रहेको खुल्न आएको थियो ।उनलाई ब्यूरोको टोलीले मङ्सिर १२ गते पक्राउ गर्न सफल भएको थियो । केसीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको अवस्थीले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)