Aamsanchar

सुनचाँदीको मूल्य घट्यो

Author Image
आइतवार, मंसिर १६, २०८१

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीका मूल्य तोलामा पाँच रुपैयाँ घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर