Aamsanchar

रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा पहिरोले पुरिएर चारजनाको मृत्यु, एक वेपत्ता

Author Image
आइतवार, मंसिर १६, २०८१

रोल्पा – रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् ।

जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मृतकहरूको पहिचान हुन बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर