Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
मङ्गलवार, मंसिर १८, २०८१

काठमाण्डौ – आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय १५ रुपैयाँ रहेको थियो ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२