Aamsanchar

सहकारी ठगी प्रकरणमा पक्राउ परेका छवि अस्पताल भर्ना

Author Image
शुक्रवार, मंसिर २८, २०८१

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ । बिहीबार स्वास्थ्य परीक्षण गराउँदा जोशीलाई डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनी भर्ना भएका हुन् । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

जोशीसहित पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर