Aamsanchar

तिनाउ पुलमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

Author Image
शनिवार, मंसिर २९, २०८१

काठमाण्डौ – बुटवलको तिनाउ पुलमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । नयाँगाउँबाट बिरामी लिएर बुटवलतर्फ गुडिरहेको जीप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गौरी खनाललाई दमले च्यापेपछि प्रादेशिक अस्पताल बुटवल पुर्‍याउने क्रममा बाटोमै जीप पल्टिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर