Aamsanchar

दाङको तुलसीपुरमा तीन दिने नेवाः खाना महोत्सव सुरु

Author Image
आइतवार, मंसिर ३०, २०८१

दाङ – नेवाःराष्ट्रिय मञ्च तुलसीपुरको आयोजनामा आइतबारदेखि तीन दिने नेवाः खाना महोत्सव सुरु भएको छ । नेवाः खाना महोत्सवमा विभिन्न प्रकारका नेवारी खाना राखिएको छ ।

नेवाः राष्ट्रिय मञ्च तुलसीपुरका अध्यक्ष शिवप्रसाद श्रेष्ठले यःमरी पुन्हीको अवसरमा नेवारी समुदायको खाना प्रचार–प्रसारका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले नेवाः खानाले स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले खाना महोत्सव आयोजना गरिएको बताउनुभयो ।

मञ्चका सचिव तुफानबाबु श्रेष्ठले महोत्सवमा यःमरी चाकु, यःमरी खुवा, बारा, चुकौनी, चना, बोडी, चटामरी, सेल, माछा स्टलमा राखिएको बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने महोत्सव दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म आयोजना हुनेछ ।

महोत्सवको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले समाजमा बढ्दो पत्रुखाना निषेधका लागि महोत्सव फलदायी हुने बताउनुभयो । उहाँले सांस्कृतिकरुपमा नेपाली चाडपर्वको महत्व उत्तिकै भएको र ती पर्वमा खाइने परिकारले मानव स्वास्थ्यका लागि पनि निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

नगरप्रमुख खड्काले पालिकाको तर्फबाट पालिका भित्रका विभिन्न समुदायमा पकाइने परिकारहरुको प्रचार प्रसार र प्रवर्धनको काम गर्दैआएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर