काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णालीले सुदूरपश्चिमलाई एक सय दुई रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा एक सय एक रन बनाएर अल आउट भयो ।
कर्णालीका जिसन मक्सुदले सर्वाधिक ३० रन बनाए । यस्तै विलियम बोसिस्टोले १६ र बाबर हयातले १३ रन जोडे । सुदूरपश्चिमका हर्मित सिंहले तीन विकेट लिए । यस्तै स्कट कुज्जेलेजन र कप्तान दिपेन्द्र सिंंह ऐरिले समान दुई विकेट लिए । केहीबेरमा सुदूरपश्चिमले जवाफी व्याटिङ गर्दैछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 44