काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले शीर्ष स्थान कायम र राखेको छ। सुदूरपश्चिमसँग पराजित भएपनि कर्णाली रनरेटमा शीर्ष ४ मा समेटिँदा प्लेअफ भने पक्का गरेको छ। यो जितसँगै क्वालिफार्यसमा सुदूरपश्चिमले जनकपुरसँग भेट्नेछ।
त्यस्तै अंक तालिकामा चौथो भएको कर्णालीले तेस्रो स्थानको चितवनसँग खेल्नेछ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा कर्णालीले पेश गरेको १०२ को विजयी लक्ष्य सुदूरपश्चिमले १५।२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
सुदूरपश्चिमका लागि चौथो विकेटको साझेदारीले खेल पल्टायो। चौथो विकेटका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले ६७ रनको साझेदारी गरे। सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान ३८ रन बनाए। इशानले ३८ रनको अविजित पारी खेले। उनले ३६ बलमा ४ चौकाप्रहार गरेका हुन्।
सुदूरपश्चिमको पहिलो विकेटका रुपमा दोस्रो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारीलाई विपिन शर्माले एलबीडब्ल्यू आउट गराए। उनले ५ बलमा १ चौकासहति ५ रन बनाएर पेभेलियन फर्किए।
दोस्रो विकेटका रुपमा सुदुरले अर्का ओपनर सैफ जैबलाई गुमायो। उनले १३ बलमा २ चौकासहति १३ रन बनाउँदै सोमपाल कामीको बलमा एलबीडब्ल्यू आउट भए। तेस्रो विकेटका रुपमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन रन आउटका रुपमा आउट भए।
चौथो विकेट दिपेन्द्र सिंह ऐरीको गयो। इशान ३८ रन र आरिफ शेख ४ रनमा अविजित रहे। कर्णालीका लागि विपिन शर्मा, सोमपाल कामी र नन्दन यादवले समान १र१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाए। उनले ३५ बलमा ४ चौका प्रहार गरे। पावरप्लेमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको कर्णालीले याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो विकेटको रुपमा पहिलो ओभरको अन्तिम बलमा रित गौतमलाई गोल्डेन डक आउट बनाए।
दोस्रो विकेट अर्का ओपनर बाबर हायातलाई गुमायो। दोस्रो ओभरको अन्तिम बलमा केग्गेलिनको बलमा अभिवाश बोहोराको हातमा क्याच भए।
देव खनाल भने रन आउट भए। उनी ७ रनमा रन आउट भएका हुन्।
चौथो विकेट चाड्विक वाल्टनको गयो। उनलार्य सैफ जैबले ८।३ ओभरमा एलबीडब्ल्यु आउट गराएका हुन्। चाड्विकले १६ बलमा १ चौकासहित ११ रन बनाए।
१० ओभरमा ४ विकेट गुमाउँदै ४७ रन बनाएको थियो। कर्णालीका लागि पाँचौं विकेटका रुपमा विलियन बासिस्टो पेभेलियन फर्किए। उनले पाँचौं विकेटको लागि जिसन मक्सुदसँग ३९ रनको साझेदारी गरे। छैटौं विकेट गुल्सन झाको गयो। उनी रन आउट भए।
सातौं विकेट कर्णालीको महंगो विकेट भयो। जिसन मक्सुदलाई कप्तान दिपेन्द्र सिंह ऐरीले ब्रान्डन म्याकमुलेनको हातमा क्याच गराए। आठौं विकेट कर्णालीका कप्तान सोमपाल कामीको गयो। उनलाई स्कट केग्गेलिनले यशान पाण्डेको हातमा क्याच गराए। उनले ९ बलमा २ चौका सहित ११ रन बनाए।
नवौं विकेट १९.४ ओभरमा नन्दन यादव आउट हुँदा २० ओभरको अन्तिम बलमा विपिन शर्मा आउट हुँदा कर्णाली १०१ रनमा अलआउट भएको हो।
सुदूरपश्चिमका लागि हर्मप्रित सिंहले सर्वाधिक ३ विकेट लिए। कप्तान दिपेन्द्र सिंह ऐरी र स्कट केग्गेलिनले समान २र२ विकेट, सैफ जैबले १ विकेट लिए।