Aamsanchar

नेपालले भारतलाई ९५ रनको लक्ष्य दियाे

Author Image
मङ्गलवार, पौष २, २०८१

काठमाडौं – एसिसी यु–१९ महिला एसिया कपमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन जोड्यो। नेपालका लागि पूजा महतोले सर्वाधिक २५ रन जोडिन्।

सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान सुरक्षित गरेको हो। नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन्। नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो।

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर