काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँगको खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
यो खेल जित्ने टोली सीधै फाइलनमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल पुग्नका लागि आजको इलिमिनेटर खेलको विजेता कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा भोलि खेल्नेछ । दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग खेल्नेछ ।
आज बिहान भएको खेलमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा पुगेको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 38