Aamsanchar

रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

Author Image
बुधवार, पौष ३, २०८१

भारतीय क्रिकेट टिमका अफ स्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । ब्रिसबेनमा अस्ट्रेलियासँगको तेस्रो टेस्ट क्रिकेटपछि अश्विनले सन्न्यासको घोषणा गरेका हुन् ।

सन्न्यासको घोषणा गर्दै उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०सहित रोहित शर्मा, विराट कोहली, अजिन्क्या रहाणे, चेतेश्वर पुजारालगातयका खेलाडीलाई धन्यवाद दिएका छन् ।

३८ वर्षीय अश्विनले १ सय ६ टेस्ट क्रिकेटमा ५ सय ३७ विकेट लिएका छन् । उनले आठ पटक १० विकेट लिएका हुन् । अश्विनले टेस्ट क्रिकेटमा ब्याटिङमा पनि राम्रो प्रदर्शन गरेका छन् । उनले ६ शतक र १४ अर्धशतक बनाएका छन् ।

अश्विन टेस्ट क्रिकेटमा भारतका लागि सबैभन्दा धेरै विकेट लिने दोस्रो खेलाडी हुन् । टेस्ट क्रिकेटमा भारतका लागि अनिल कुम्बलेले सबैभन्दा धेरै ६ सय १९ विकेट लिएका छन् ।

यस्तै अश्विनले १ सय १६ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५६ विकेट र ६५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ विकेट लिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर