गुल्मी – घाँस काट्ने क्रममा लडेर गुल्मीमा महिलाको मृत्यु भएको छ। जिल्लाको इस्मा गाउँपालिका-१ निवासी १९ वर्षीया सुजता बिकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गाउँकै ढार खोला सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए। बिक भीरबाट करिब ९० मिटर तल खसेकी थिइन। मृतक विकको घर धुर्कोट गाउँपालिका-६ किमुखर्क रहेको बताइएको छ। उनी दसैंदेखि माइतमा बस्दै आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा प्रहरी टोली खटिएको डीएसपी पोखरेलले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 61