काठमाडौं – भक्तपुरको बालकोटस्थित डेरामा बस्ने बुबा–छोरा मृत फेला परेका छन्। सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधाराको पक्की घरको तल्लो तल्लामा विगत ४ वर्षदेखि डेरा गरी बस्दै आएको बुबा-छोरा आ–आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
मृत्यु हुनेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थायी घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रविन आचार्य मृत फेला परेको प्रहरीले जनाएको छ। २ वटा कोठामा बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनसाथ परिसर भक्तपुरबाट र वृत्त ठिमीबाट टोली खटिएको प्रहरीको भनाई छ। उनीहरूको विभिन्न ठाउँमा चोट रहेको प्रहरीले पुष्टि गरेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 31