Aamsanchar

कुशल मल्लले यूएईको इन्टरनेशनल लिग टी–२० क्रिकेट खेल्ने

Author Image
मङ्गलवार, पौष ९, २०८१

काठमाण्डौ – नेपालका ब्याटिङ अलराउन्डर कुशल मल्लले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेशनल लिग टी–२० क्रिकेट खेल्ने भएका छन् ।

मल्ल इन्टरनेशनल लिग टी–२० क्रिकेटका लागि डेजर्ट भाइपर्समा अनुबन्ध भएका हुन् । चोटका कारण प्रतियोगिताबाट बाहिरिएका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लीडेको ठाउँमा कुशल मल्लले खेल्ने भएका हुन् ।

मल्लले भर्खरै सकिएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ खेलमा २ सय २७ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

मल्ल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौं स्थानमा छन् । उनले ४७ खेलमा एक शतक, चार अर्धशतकसहित १ सय ४७ भन्दा धेरैको स्ट्राइक रेटमा ९ सय १७ रन बनाएका छन् ।

डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशल मल्ललाई टोलीमा स्वागत गर्न पाउँदा खुशी भएको टिप्पणी गरेका छन् । कुशल आबद्ध भएको डेजर्ट भाइपर्सले पहिलो खेलमा आउँदो जनवरी १२ मा अबुधाबी नाइट राइडर्ससँग खेल्ने तालिका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर