काठमाडौं – हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाएको छ ।
हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीनजनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् । मृत्यु हुनेमा दुई पत्रकारसहित तीनजना छन् ।
यो सार्वजनिक अस्पताल हिंसात्मक समूहले कब्जा गरेको थियो । गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए ।
हमला भिभ अन्सानम समूहले गराएको जनाइएको छ । यो गोलीबारीपछिका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 36