Aamsanchar

टेस्ट क्रिकेटमा बुमराहकाे कीर्तिमानी २०० विकेट

Author Image
आइतवार, पौष १४, २०८१

काठमाडौं – भारतीय क्रिकेट टिमका बलर जसप्रित बुमराहले टेस्ट क्रिकेटमा २०० विकेट लिएका छन् । बुमराहले आइतबार अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेटको चौथो दिन मेलबर्न क्रिकेट मैदान (एमसीजी)मा ट्राभिस हेडको विकेट लिएसँगै २०० विकेट पूरा गरेका हुन् ।

योसँगै बुमराहले टेस्ट क्रिकेटमा सबैभन्दा कमको औसतसहित २०० विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् । टेस्ट क्रिकेटमा बुमराहको औसत २० भन्दा कम छ । यसअघि, यो कीर्तिमान वेस्ट इन्डिजका बलर जोएल गार्नरको नाममा थियो । उनले २०।३४ को औसतसहित २०० विकेट लिएका थिए ।

बुमराह भारतीय टिमबाट टेस्ट क्रिकेटमा दोस्रो सबैभन्दा छिटो २०० विकेट पूरा गर्ने बलरसमेत बने । उनले ४४औँ टेस्ट खेलमा २०० विकेट लिएका हुन् । यसअघि, भारतीय टिमबाट रविन्द्र जडेजाले ४४ खेलमा र यो सूचीको शीर्ष स्थानमा रहेका रविचन्द्रन आश्विनले ३७ खेलमा २०० विकेट लिएका थिए ।

भारतीय टिमबाट २०० विकेट लिनेमा भने बुमराह १२औँ बलर बने ।

भारतीय टोली हाल बोर्डर–गाभास्कर टेस्ट शृंखलाका निम्ति अस्ट्रेलिया भ्रमणमा छ । यी दुई टिमबीच हालसम्म भएका दुई टेस्ट १–१ को बराबरीमा चलिरहेका छ । हाल यी दुई टिमबीच शृंखलाको चौथो खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर