Aamsanchar

जयपुरमा आठौं नवज्योति च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने

Author Image
आइतवार, पौष १४, २०८१

बिर्तामोड । झापाको बुद्धशान्ति–२, जयपुरमा आठौं नवज्योति च्यालेञ्ज कप फुटबल प्रतियोगिता हुने भएको छ। माघ २१ गतेदेखि सुरु हुने यो प्रतियोगिताको फाइनल माघ २८ गते सम्पन्न हुने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताइएको हो ।

प्रतियोगितामा भारतका दुई क्लब र नेपालका ६ क्लब सहभागी हुनेछन्। सहभागी क्लबहरूमा आयोजक नवज्योति, मोरङ, सुनसरी, इलाम, धरान र काठमाडौंका क्लबहरू साथै भारतको सिलिगुडीको केएफसी र मानेभन्ज्याङ क्लब रहेका छन्।

प्रतियोगिताका प्रत्येक खेलमा “प्लेयर अफ द म्याच” ले ७ हजार रुपैयाँ पुरस्कार पाउने छन्। त्यस्तै, “मष्ट भ्यालुएबल प्लेयर” ले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ। फाइनल खेलमा उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

प्रतियोगिताको विजेताले नगद २ लाख २५ हजार रुपैयाँ र उपविजेताले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

जयपुरको आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने यस प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। आयोजक क्लब नवज्योतिका अध्यक्ष गोपाल पोखरेलले प्रतियोगिताको मुख्य प्रायोजक एलिस सप्लायर्स रहेको जानकारी दिएका छन्।

आजै प्रतियोगिताको ट्रफी अनावरण झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले संयुक्त रूपमा गरेका थिए।

प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न र खेलकूदलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर