Aamsanchar

मुसाका थरीथरी परिकार

Author Image
शनिवार, पौष २०, २०८१

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१६, भादा गाउँमा मुसाका थरीथरीका परिकारले खानाका पारखीहरूलाई आकर्षित गरिरहेको छ ।

मासुका विभिन्न परिकारजस्तै मुसाको पनि सेकुवा, ग्रेबी, भुटन बनाइन्छ । थारु होम स्टे गाउँ भादामा पुस १७ गतेदेखि सुरु भएको महोत्सवका करिब–करिब सबै स्टलमा मुसाका परिकार राखिएका छन् ।

महोत्सवमा स्टल राखेर बसेकी भादा, दक्षिण टोलस्थित महिला समूहकी श्याम सुन्दरी चौधरीले आफूहरूको स्टलमा मुसाको परिकारसहित अन्य थारु परिकार मुख्य आकर्षण रहेको बताइन् ।

भादा होमस्टे सञ्चालक तथा भादाका भलमन्सा सन्तकुमार चौधरीले महोत्सवमा थारुहरूले निकै रुचाउने मुसाको परिकार पनि मुख्य आकर्षण बनेको बताए । मुसाका परिकार महोत्सवमा मात्र नभएर अन्य बेलामा पनि राम्रै बिक्री हुने उनको भनाइ छ ।

मुसाको परिकार प्रतिपिस ३० रुपैयाँका दरले बिक्री हुने गरेको चौधरीले जानकारी दिए ।

जुनेली मिश्रित कजेटकी सदस्य मेनुका चौधरीका अनुसार मुसाका परिकार ग्राहकहरूको मुख्य रोजाइमा पर्ने गरेको छ । आफूहरूले परिकारका लागि खेतको मुसा प्रयोग गर्दै आएको उनले बताइन् ।

यहाँ मुसाको परिकार मात्रै होइन, घोंघी, सुटही, गंगटा, परेवा, बंगुर, लोकल कुखुरा, माछालगायतको परिकार पनि पाक्ने गरेको छ । घोंघी प्रतिप्लेट ८०, गंगटा ६०, सुटही ९०, लोकल कुखुराको सेकुवा २ सय र मासु १७० प्रतिप्लेटमा बिक्री हुँदै आएको छ ।

 

त्यस्तै, थारु परिकारमै पर्ने खुर्मा, फुलौरी, खेरिया, बयरको चटनी, अन्डिक भात, अन्डिक झोर (छ्याङ)महुवाको रक्सी समेत पाउने गरेको छ ।

महोत्सव पुस १७ देखि २१ गतेसम्म लाग्ने गर्दछ । स्थानीयले २० घरमा होमस्टे सञ्चालन गरेका छन् ।

होमस्टेको सञ्चालनपछि थारु परिकार, कला, संस्कृति, भेषभुषा तथा रहनसहनको संरक्षण तथा प्रवर्द्धन सँगै पर्यटन प्रवर्द्धन भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीको भनाइ छ । जसले स्थानीय उत्पादनको स्थानीयस्तरमै खपत भइ स्वरोजगारीको वातावरण समेत सिर्जना भएको उनले बताए ।

 

थारु समुदायको बसोबास रहेको भादामा अन्य जाति समुदायका मानिस बसोबास गर्न आए उनीहरूको परिवारजनमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । जुनकारण भादामा थारुको मात्रै बसोबास रहन गएको अध्यक्ष चौधरीको दाबी छ ।

भादा धनगढी बजारदेखि १७ किलोमिटरको दुरीमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर
पानी सिंगडा खादाको फाइदा
बिहिवार, पौष ४, २०८१
राम्रो र मिठो सेलरोटी कसरी बनाउने ?
शुक्रवार, कार्तिक १६, २०८१