Aamsanchar

दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

Author Image
आइतवार, जेठ ७, २०७४

वालिङ ।

स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गर्नुभएको छ ।  चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय थालनी गर्नुभएको हो ।

झन्डै तीन वर्षअघि तीनवटा भँैंसीबाट व्यवसाय सुरु गर्नुभएका पौडेलको फर्ममा हाल १७ वटा उन्नत् जातका भैँंसी छन् ।

“हाल पाँचवटा भैँंसीबाट दैनिक ४० लिटर दूध उत्पादन हुन्छ” युवा व्यवसायी पौडेलले भन्नुभयो, “दूधको माग अत्याधिक छ तर नजिक डेरी छैन बजारसम्म पु¥याउन दैनिक मोटरसाइकल प्रयोग गर्ने गरेको छु ।”

पौडेलले २० रोपनी जमिन भाडामा लिएर अहिले भैँंसीपालनसँगै भैँंसीका लागि आवश्यकपर्ने घाँस, मौसमी तथा बेमौसमी तरकारी र सुन्तलाखेती गर्दै आउनुभएको छ ।

“सुरुमा विदेशी भूमिमा पसिना बगाउन पुगेँ, त्यहाँ त्यति सन्तुष्ट हुनसकिन र स्वेदश फर्किए” उहाँले भन्नुभयो, “स्वदेश आएर कुखुरापालन र घ्यूकुमारीखेती गरे त्यो पनि सफल भएन र अहिले भैंँसीपालन व्यवसाय सञ्चालन गरँे यसमा आम्दानी पनि भएको छ म पनि सन्तुष्ट छु ।” पौडेलले फर्ममा रहेको माउ भैँंसीको बिमासमेत गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर