Aamsanchar

आजको राशिफल : २७ पुष २०८१, शनिवार

Author Image
शनिवार, पौष २७, २०८१

मेष ः आज समय खराब रहनेछ । अवसरका लागि दौडधूप गर्नुपर्ला । तत्कालका लागि लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्ने छ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहने छ । परिस्थितिले अप्ठ्यारा चुनौतीसँग सम्झौता गराउन सक्छ ।

वृष ः आज समय अत्यन्तै शुभ छ । व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिने छ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । आज उत्तरतर्फको यात्रासमेत फलदायी हुनेछ ।

मिथुन ः आज समय राम्रो छैन । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनु पर्नेछ । अनावश्यक साइनो गाँस्नेसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । आज सकभर टाढाको त्यसमाथि पनि पूर्वतर्फको यात्रा नगर्नुहोला ।

कर्कट ः आज समय महत्वपूर्ण छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । शत्रु किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् ।

सिंह ः आज समय ज्यादा खराब छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन् । बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ने देखिन्छ । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्नेछ । आज आर्थिक कारोबारले पनि समस्या निम्त्याउने ग्रहगोचर देखिन्छ ।

कन्या ः आज आज समय शुभ छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । धार्मिक यात्रा सफल हुनेछ । स्वास्थ्यले पनि साथ दिनेछ ।

तुला ः आज समय मध्यम खालको छ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि भने केही समय लाग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः झुक्ने छन् । यात्रामा निकै सतर्क हुनुहोला । तपाइँको हातबाट कारोबार नगर्नुहोला ।

वृश्चिक ः आज आज समय भरपर्दो छैन । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्नेछ । दैनिक कार्यमा समय दिन नसक्दा काम बिग्रन सक्छ । व्यापारमा लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । झुटा आरोप लगाउनेहरू सक्रिय हुनेछन् ।

धनु ः आज समय राम्रो रहने छैन । शत्रु पक्ष सबल रहनेछ, कार्य अवरोधका साथै बोलीमा पनि विकार रहन सक्नेछ । तपाइँलाई पेटसम्बन्धी समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने ग्रह योग रहेकाले सतर्क रहन आवश्यक छ ।

मकर ः आज पनि स्वास्थ्य राम्रो रहनेछ । सामाजिक कार्यमा मन जानेछ, गृह सुखका साथै कला साहित्यमा अभिरुचि रहने देखिन्छ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानै प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ, धार्मिक यात्रा गर्ने इच्छा जागेर आउने छ । सन्ताको प्रगतिले परिवारमा खुशीयाली छाउने छ ।

कुम्भ ः आज दिन तथा समय राम्रा छन् । दिन प्रेमिल रहने छ, आय बढ्नुका साथै मित्र लाभका योग पनि देखिन्छन् । इमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने भने मन पनि प्रशन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पतिको प्रयोगमार्फत मनग्य आम्दानी गर्न सकिनेछ । आज सुरु गरेका कामले राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मीन ः आज समय खराब नै रहनेछन् । व्ययभार बढ्नेछ, आफन्तमा असमझ्दारी रहनुका साथै प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । आफन्त, साथीभाई तथा कुटुम्बसंँग मनमुटाव बढ्ने देखिन्छ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । आज खानेकुरामा पनि विशेष ध्यान दिनुहोला ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर