Aamsanchar

अमेरिकामा आगलागीमा परेर ज्यान जानेकाे संख्या १६ पुग्याे, बढ्यो लुटपाट

Author Image
आइतवार, पौष २८, २०८१

वासिङटन डिसी – अमेरिकी राज्य क्यालिफोर्नियामा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। यसका कारण अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिसहरू बेपत्ता भएको आशंका गरिएको बीबीसी समाचारमा उल्लेख छ।

हावाको गति बढिरहेकोले आगो फैलिने क्रम बढ्दै छ। हाल ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बहिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने मौसम विभागले चेतावनी दिएको छ। अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट पनिअग्निनियन्त्रकहरू आइपुगेका छन्।

लुटपाट बढ्यो

आगलागीको संकटको बीचमा क्यालिफोर्नियाको सान्ता मोनिका शहरमा लुटपाट भएको छ। त्यसपछि प्रशासनले उक्त क्षेत्रमा कर्फ्यू घोषणा गरेको जनाइएको छ। लुटपाटको घटनामा संलग्न २० जनालाई पक्राउ गरिएको छ।

रोयटर्सका अनुसार लस एन्जलस ९एलए० मा लागेको आगलागीबाट अहिलेसम्म करिब १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ।

आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहेका छन्।

पालिसेड्सको आगो रोक्नको लागि हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन्। प्यालिसेड्सको आगो १,००० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र अब ब्रेन्टवुड तर्फ सर्दै गरेको जनाइएको छ।

साथै आगो निभाउन पानीको अभावका कारण जनतामा आक्रोश बढेको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले आगलागी फैलाउन सक्ने बलियो सान्ता आना हावा शनिबार र आइतबार फेरि तीव्र हुन सक्ने चेतावनी दिएको छ।

क्यालिफोर्नियाका सात छिमेकी राज्यहरू र संघीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन्। छिमेकी देशहरू क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर