Aamsanchar

झापा गोल्डकपको अध्यक्ष पदका लागि दुई जनाको प्रतिस्पर्धा

Author Image
सोमवार, पौष २९, २०८१

बिर्तामोड । झापा गोल्डकपको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा दुई उम्मेदवारको प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीले उम्मेदवारी दिएका छन्। गिरी संस्थाका वर्तमान कोषाध्यक्ष हुन् भने कार्की वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए।

वरिष्ठ उपाध्यक्ष पदका लागि गजेन्द्रबहादुर पौडेलले उम्मेदवारी दिएका छन्। पौडेल गोल्डकप स्थापनाकालदेखि सचिवको जिम्मेवारीमा रहेकाले अनुभवी व्यक्तित्व मानिन्छन्। उपाध्यक्षमा युवराज कार्की (पर्वत) को उम्मेदवारी परेको छ।

सचिव पदमा बुद्ध तामाङ र प्रकाश शिवाकोटी प्रतिस्पर्धामा छन् भने सहसचिवका लागि विष्णुप्रसाद सिग्देल र यादव पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, कोषाध्यक्ष पदमा युवराज निरौला र चुडामणि कट्टेलबीच प्रतिस्पर्धा हुने भएको छ।

सदस्य पदका लागि १७ जनाले उम्मेदवारी दिएका छन्। किरणकुमार थापा, श्याम श्रीवास्तव, प्रकाश दाहाल, मदन खड्का, शैलेन्द्रकुमार कुरुङ्वाङ, किरण श्रेष्ठ, विशन लिम्बू, दीपेन चौधरी, एजाज अहमद अन्सारी, सचित आनन्द सुब्बा, भुपेन्द्र भण्डारी, सुशील थापा, देवीप्रसाद खरेल, सजेश शिवाकोटी, अर्जुनकुमार चुडाल, र विश्वेश्वरप्रसाद बजगाई उम्मेदवारको सूचीमा परेका छन्।

यसअघि झापा गोल्डकपको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको थियो। संस्थाका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीले झापा गोल्डकपको महत्त्वबारे चर्चा गर्दै शुभकामना मन्तव्य दिएका थिए। अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने महासचिव गजेन्द्र पौडेलले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केदार गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रम महासचिव पौडेलले सञ्चालन गरेका थिए।

यो चुनावले झापा गोल्डकपको आगामी यात्रा र नेतृत्वलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर