Aamsanchar

सुनसरी र मोरङमा भएको छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा एमाले नेता राइसहित २ जनाको मृ*त्यु

Author Image
बुधवार, माघ २, २०८१

झापा  – सुनसरी र मोरङमा भएको दुई छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ।

गएराति राति पौने ८ बजे सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित भित्र सडक खण्डमा तरहरा बजार तर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई सडकको दाँहीने तर्फको बिजुलीको पोलमा ठोक्किइ दुर्घटना हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका चालक इटहरी १९ का ३१ वर्षीय विजय राइको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो।

उनी नेकपा एमाले भोजपुर हतुवागढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हुन्।

यसै गरी आज राति पौने १ बजे मोरङको बुढिगंगा गाँउपालिका २ सक्मा स्थित भित्री सडक खण्डमा टंकीचोकबाट सक्मा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक विराटनगर ४ का २१ वर्षीय श्याम गडेरीको उपचारको लागी विराट टिचिङ अस्पताल गंगाचौकमा मृत्यु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर