कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको यो विराट महायज्ञमा आज मुख्यमन्त्री कार्कीले उपस्थित भई यज्ञको सफलताको शुभकामना व्यक्त गरेका हुन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस महायज्ञमा प्रदेश र देशकै शान्ति, समृद्धि र एकताको कामना गरिएको छ।
मुख्यमन्त्री कार्कीले महायज्ञमा सहभागी सबै साधुसन्त, श्रद्धालु र आयोजक समूहलाई धन्यवाद ज्ञापन गर्दै यस्तो धार्मिक क्रियाकलापले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
श्री शङ्कराचार्य पीठद्वारा आयोजित यो यज्ञले धार्मिक, सांस्कृतिक र सामाजिक समृद्धिका लागि ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ। महायज्ञमा विभिन्न धार्मिक अनुष्ठानसहित भक्तजनको उल्लेख्य सहभागिता रहेको छ।
माघ १ गते देखि सुरु भएको महायाग ११ गते सम्म सञ्चालन हुने शङ्कराचार्य पीठका व्यासाचार्य आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।