Aamsanchar

लामागे फाँटमा बम फेला

Author Image
बिहिवार, माघ १०, २०८१

स्याङजा – पुतलीबजार नगरपलिका –१४ लामागे फाँटमा बुधबार भेटिएको टुईचमोटर बम बिहीबार डिस्पोज गरिएको छ। सिंह सारदुल गुल्म आँधीखोला ब्यारेक स्याङजाको टोलीले बिहीबार बम डिस्पोज गरेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। भेटिएको सो वस्तु टुईचमोटरमा लाग्ने इचही बम भएको पौडेलको भनाई छ।

लामागेस्थित बिष्णुप्रसाद पौडेलको खेतमा जैसिनीद्वारा खेत सम्याउने क्रममा खेतको सतहबाट भन्दा १ हात मुनिको भागमा तार जडित फलामको बोत्तलजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो। बुधबार बिहान १० बजेतिर भेटिएको शंकास्पद वस्तु बिहीबार ११ बजे डिस्पोज गरिएको छ। डिस्पोजका क्रममा कुनै क्षति नपुगेको प्रहरीको भनाई छ। प्रहरी र सेनाको टोलीले शंकास्पद वस्तुलाई बुधबारदेखि सुरक्षित घेराबन्दी गरी राखेका थिए।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर