झापा।

लिच्चीको दाना अड्किएर झापामा मंगलबार अपराह्र एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका –१ प्रजापति निवासी टेकनारायण वुढाथोकी (रमेश)का तीन वर्षीय छोरा रोशन वुढाथोकी रहेको पशुपति प्राथकिम विद्यालयका शिक्षक खेम कार्की (भरत)ले जानकारी दिनुभयो । उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ ।


विद्यालयबाट घर फर्किएपछि वुवासंगै बसेर लिच्ची खाँदा उनले लिच्चीको दाना अड्काएको र उपचारका लागि बिर्तामोडस्थित कनकाई अस्पताल लगिएपनि उनको अस्पताल पु¥याए लगत्तै मृत्यु भएको बताइएको छ ।

Views: 155

