काठमाडौँ – कोशी प्रदेशस्थित मुख्य राजमार्गहरूमा गाडी चलाउने चालकहरूले लागु पदार्थ सेवन गरेको अवस्थाबारे जाँच गर्न थालिएको छ । लागुऔषध सेवनसँगै, रक्तचाप, सुगर र आँखा जाँच सुरु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरेले बताए ।

पुस १२ बाट स्वास्थ्य परीक्षण कार्यक्रम अभियानकै रूपमा सुरु गरिएको छ । २ सय ८६ जना चालकको पिसाब परीक्षण गर्दा ६६ जनाले लागूपदार्थ सेवन गरेर गाडी चलाएको भेटिएको एसपी घिमिरेले बताए ।
Views: 28


